बितेको २४ घण्टामा मुलुकभर ६ सय ७२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार १ सय ६७ र एन्टिजेन विधिबाट २ हजार ३ सय २८ जनामा भएको परीक्षणमा जम्मा ६ सय ७२ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा ४ सय ९५ जना संक्रमणमुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ । हाल देशभर १० हजार ३ सय ७५ जना सक्रिय संक्रमित रहेका छन् ।




















प्रतिक्रिया