Logo

अर्थ

माछापुच्छ्रे कृति क्यापिटलको १३.४ % लाभांश पारित



माछापुच्छ्रे कृति क्यापिटलले दोस्रो वार्षिक साधारणसभा बुधबार सम्पन्न गरेको छ । उक्त साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसारको आर्थिक वर्ष २०७७र७८ को नाफाबाट चुक्ता पूँजीको ६ दशमलव ४ प्रतिशत नगद र ७ प्रतिशत बोनस सेयर पारित गरेको छ ।

सभाले शिखर इन्स्योरेन्सका प्रतिनिधि दीपप्रकाश पाण्डेलाई संस्थापक सेयरधनीको रुपमा निर्वाचित गरेको छ । पाण्डे शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।

संस्थाको पूँजी वृद्धि, कम्पनीको नाम परिवर्तन गरी माछापुच्छ्रे क्यापिटल लिमिटेड बनाउने, प्रबन्धपत्र तथा नियमावलीमा गर्नुपर्ने आवश्यक संशोधनको प्रस्तावहरु पनि साधारण सभाबाट पारित भएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार ११:३७   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।