Logo

अर्थ

एनएमबी बैंकको १५.८ प्रतिशत लाभांश घोषणा



एनएमबी बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको १२ कात्तिकमा बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १२ दशमलव पाँच प्रतिशत बोनस सेयर र तीन दशमलव तीन प्रतिशत नगद लाभांश गरी कुल १५ दशमलव आठ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

उक्त प्रस्ताति लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट अनुमोदान भएपछि मात्र सेयरधनीले पाउनेछन् । हाल बैंकको चुक्ता पुँजी १६ अर्ब ३२ करोड ५९ लाख ६० हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आईतवार ११:००   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।