Logo

अर्थ

भौतिक दुरीलाई मेटाउन एभरेस्ट बैंकको सन्देशमूलक भिडियो



नेपालीहरुको महान चाड तिहारको उपलक्ष्यमा एभरेस्ट बैंकले भावनात्मक र सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ ।

नेपालमा अहिले अध्ययन तथा कामको सिलसिलामा धेरैजसो नेपालीहरु घरबाट टाढा रहन्छन् । यस्तो भौतिक दूरीलाई मेटाउँदै दाजुभाइ र दिदीबहिनीको सम्बन्धलाई अझ सुमधुर बनाइ चाडबाड मनाउन यस भिडियोले सन्देश दिएको छ ।

सो भिडियो एभरेस्ट बैंकको आधिकारिक फेसबुक पेज वा युट्युब च्यानलमामा गएर हेर्न सकिने बैंकले जनाएको छ ।

बैंकमा हालसम्म करिब १२ लाख ग्राहक रहेका छन् । देशैभर १०५ शाखा सञ्जाल तथा प्रादेशिक कार्यालय, १३८ वटा एटीएमसहित बैंकले विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिङ सुविधा प्रदान गर्दै आएको छ ।

बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलवार १६:२३   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।