पछिल्लो २४ घण्टा ४ सय ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने थप ११ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार मुलुकका विभिन्न अस्पतालका प्रयोगशालामा गरिएको ९ हजार ९ सय १३ जनाको नमुना परीक्षणमा पीसीआर विधिबाट ६ हजार ५ सय ७७ जनाको परिक्षण गर्दा ३ सय ९५ जना र ३ हजार ३ सय ३६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५२ जनामा कोरोना पुष्टि भएको हो ।
विभिन्न अस्पतालबाट ४ सय ३९ जना कोरोना निको भएको मन्त्रालयले जानकारी दिएको छ । मुलुकभर हाल ९ हजार १ सय २३ जना सक्रिय संक्रमित रहेका छन् । मुलुकभर ९७ हजार ७० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।





















प्रतिक्रिया