Logo

स्वास्थ्य

नेपालमा आज थपिए ४४७ कोरोनाका संक्रमित,७ जनाको मृत्यु



पछिल्लो २४ घण्टा ४ सय ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने थप ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार मुलुकका विभिन्न अस्पतालका प्रयोगशालामा गरिएको ९ हजार ९ सय १३ जनाको नमुना परीक्षणमा पीसीआर विधिबाट ६ हजार ५ सय ७७ जनाको परिक्षण गर्दा ३ सय ९५ जना र ३ हजार ३ सय ३६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५२ जनामा कोरोना पुष्टि भएको हो ।

विभिन्न अस्पतालबाट ४ सय ३९ जना कोरोना निको भएको मन्त्रालयले जानकारी दिएको छ । मुलुकभर हाल ९ हजार १ सय २३ जना सक्रिय संक्रमित रहेका छन् । मुलुकभर ९७ हजार ७० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार १६:५७   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।