Logo

प्रमुख समाचार

श्वेतपत्र जारी गर्ने बाग्मती मुख्यमन्त्री पाण्डेको घोषणा



हेटौँडा । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सरकारका तर्फबाट श्वेतपत्र जारी गर्ने बताएका छन् ।

प्रदेशसभाको सोमबारको बैठकमा विश्वासको मत माग्ने क्रममा उनले पूर्ववर्ती सरकारले गरेका काम, गर्न बाँकी रहेका कार्य र गर्न नहुने गरेका कार्यलाई समेटेर श्वेतपत्र जारी गर्ने जानकारी दिएका हुन् ।

आफ्नो सरकारले क्यालेन्डर बनाएर काम गर्ने भन्दै उनले राम्रो काम गर्नेलाई प्रोत्साहन र राम्रो काम नगर्नेलाई दण्डित गर्ने बताए । प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको मतको प्रस्तावमाथि मत विभाजन हुँदै छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार १७:११   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।