Logo

स्वास्थ्य

सङ्क्रमितको संख्या उच्च भएमा फेरी लकडाउन गर्न सरकारको तयारी



कोरोना सङ्क्रमितको संख्या उच्च हुनगएमा फेरी लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने स्वास्थ्य मन्त्रालयले बताएको छ । मन्त्रालयले यस वर्षको होली पनि घरमै बसेर मनाउन अनुरोध गरेको छ।
 
बुधवारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समीर अधिकारीले  भने ‘लकडाउन गर्नु नेपाल सरकारको उद्देश्य होइन तर सरकारले परिस्थित अनुसार नीतिगत निर्णय गरेर सङ्क्रमणको चक्र रोक्नुपर्ने हुन्छ र संक्रमणलाई भयावह रुपमा फैलिन नदिन सजग हुनुपर्छ ।’
 
उनले भने ‘कोरोना संक्रमण केही कम भए पनि जोखिम भने कम भएको छैन। विगत केही दिनदेखि सङ्क्रमितको संख्या उकालो लागेको छ, यस समयमा पुन कोरोना सङ्क्रमणको संख्या बिस्तारै बढ्दै गएको र सङ्क्रमणको जोखिम बढ्दै गएकोले यसपालिको होली घरमै बसी मनाउन र अनावश्यक भिडभाड नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सबैमा हार्दिक अनुरोध गर्दछ।’
 
गृह मन्त्रालयले पनि कोरोना संक्रमण बढेको भन्दै देश भरिका सम्पूर्ण जिल्लाहरुमा क्वारेनटिन र आइसोलेसन तयारी अवस्थामा राख्न परिपत्र जारी गरी सकेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार १८:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।