पछिल्लो २४ घण्टामा ५ सय ३३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।
१६ हजार ७ सय ३६ जनाको नमुना संकलन गर्दा १४ हजार ९ सय १८ जनाको पीसीआर परीक्षण गरिएकोमा ४ सय ४३ जना र १ हजार ८ सय १८ जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्दा ९० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा ४ सय ८४ जना कोरोना मुक्त भएका छन् । यसैगरी, सोही अवधिमा १ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४५४ पुगेको छ ।
त्यस्तै नेपालमा हालसम्म ७ हजार ६ सय १२ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




















प्रतिक्रिया