Logo

स्वास्थ्य

नेपालमा ४ सय ४० जना कोरोना सङ्क्रमित थपिए, ६ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा ४ सय ४० जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

६ हजार ८ सय १४ जनाको नमुना संकलन गर्दा ५ हजार ४ सय ७ जनाको पीसीआर परीक्षण गरिएकोमा ३ सय ८७ जना र १ हजार ४ सय ७ जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्दा ५३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४ सय ७४ जना कोरोना मुक्त भएका छन् । यसैगरी, सोही अवधिमा ६ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ६० पुगेको छ ।

त्यस्तै नेपालमा हालसम्म ७ हजार ५ सय १९ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार १७:११   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।