प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा आफूलाई तेस्रो धार भनेर संगठित भएका दश भाई तितरवितर भएका छन् ।
तत्कालिन समयमा माधव कुमार नेपालसँग रहेका र उनले पार्टी फुटाउँदासँगै नगएर नेकपा एमाले मै रहने तर संगठित शक्तिको अभ्यास गरेर आफूलाई तेस्रो धारको रुपमा उभ्याउँन खोज्नेहरु अहिले छिन्नभिन्नको अवस्थामा पुगेका छन् ।
एमालेको दशौँ राष्ट्रिय महाधिवेशन संघारमा आइपुग्दा दश भाईको आवाज संगठित रुपमा कतै सुनिएको छैन । उनीहरु आफू आफू नै कसरी अस्तित्व रक्षा गर्ने भन्ने लडाइमा रहेको देखिन्छ । दश भाईको एमाले बसाईको जग दश बुँदेमा भएको ठाउँपनी सकिएको छ ।
पछिल्लो अबस्थाकको हिसाबकितावलाई हेर्दा सबैभन्दा विचल्ली डा.भीम बहादुर रावलको भएको छ । एमाले अध्यक्ष केपी ओलीले भीम रावललाई देखाउँदै लेखराज भट्टलाई काखी च्यापेपछि उनी न त रुनु नत हाँस्नुको अवस्थामा पुगेका छन् । दश बुँदे झापामा लागु हुने सुदुरपश्चिममा किन लागु नुहुने ? भनेर रोदन गर्नु भन्दा अरु उपाय उनीसँग देखिएको छैन ।
एमालेमा महाधिवेशन नजिकै आइसकेको छ । देशभरका नेता कार्यकर्ताको सम्पूर्ण ध्यान अबको नयाँ नेतृत्वको को आउँछ र कस्तो आउँछ भन्नेमा केन्द्रित छ यस्तो अवस्थामा भीम रावलहरुले गाएको पुरानो दश बुँदेको गीत आफैँमा फिक्का मात्रै भएको छैन असान्दर्भिक पनि सुनिन थालेको छ ।
अहिलेसम्म अध्यक्षमा केपी ओलीलाई टक्कर दिने आँट कसैले गर्न नसके पनि भीम रावलले अध्यक्ष उठ्छु भनेर भावुक भाषण त ठोकेका छन् तर त्यसले उनैलाई व्याक फायर भएको छ । सिँगो देश एकातीर र केपी ओली अर्को तीर भएको बेला पार्टी भित्रै किचलो गर्न खोजको भन्दै उनको चर्को आलोचना भइरहेको छ।
केपी ओलीलाई टक्कर दिन्छु भनेर कस्सिएका घनश्याम भुषालको आवाज पनि पछिल्लो समय मलिनो भएको छ । घनश्याम कसरी अघि बढ्छन् भन्ने एमालेजनमा चासोको बिषय बनेको छ। तर यस पटक ओली विरुद्ध नउभिँदानै राम्रो हुने भन्ने सुझाव उनका निकटतमहरुले व्यापक रुपमा दिएको बताइन्छ ।




















प्रतिक्रिया