Logo

स्वास्थ्य

आज शुक्रबार थप ३ सय ९७ जनामा कोरोना सङ्क्रमण, ३ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा ३ सय ९७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

११ हजार ६६ जनाको नमुना संकलन गर्दा ९ हजार १ सय ३४ जनाको पीसीआर परीक्षण गरिएकोमा ३ सय ५५ र १ हजार ९ सय ३२ जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्दा ४७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ३ सय ८९ जना कोरोना मुक्त भएका छन् । यसैगरी, सोही अवधिमा ३ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ६९ पुगेको छ ।

त्यस्तै नेपालमा हालसम्म ७ हजार ४ सय ९८ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मुलुकभर हाल ९३ हजार ६ सय ९५ जनाले कोरोना विरुद्धको खाप लगाएका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार १६:४१   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।