काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वभर थप ५ लाख बढी कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ५ लाख ७३ हजार ९२८ जनामा संक्रमण पुष्टि भएको छ ।
अमेरिकामा ९८ हजार ९६५, बेलायमा ३८ हजार २६३, रुसमा ३६ हजार ६२६, टर्कीमा २३ हजार ८६७, फ्रान्समा २० हजार २९४ र ब्राजिलमा ११ हजार ९७७ जना थपिएका छन् ।
यही अवधिमा ४ लाख ६७ हजार ९४३ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ७३३ संक्रमितको मृत्यु भएको छ ।
यस्तै, अमेरिकामा एक लाख १५ हजार ७२०, बेलायतमा ४० हजार ५६९, रुसमा ३६ हजार ३८८, टर्कीमा २८ हजार ५४३, ब्राजिलमा १७ हजार ५३३ र फ्रान्समा ६ हजार ४१४ जना कोरोनामुक्त भएका हुन् ।




















प्रतिक्रिया