Logo

अर्थ

प्रभु क्यापिटल बन्यो खानीखोला हाइड्रोको सेयर रजिष्ट्रार



खानीखोला हाइड्रोपावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । हाइड्रोको सञ्चालक समितिको बैठकले क्यापिटललाई सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

यससँगै, खानीखोलाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं सेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार ११:०३   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।