Logo

स्वास्थ्य

२ सय ३८ जनामा कोरोना सङ्क्रमण, १ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा २ सय ३८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

९ हजार १ सय ३२ जनाको नमुना संकलन गर्दा ७ हजार ८ सय ४५ जनाको पीसीआर परीक्षण गरिएकोमा २ सय ३२ र १ हजार २ सय ७८ जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्दा ६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ सय ७० जना कोरोना मुक्त भएका छन् । यसैगरी, सोही अवधिमा १ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ९६ पुगेको छ भने सक्रिय संक्रमित ७ हजार १ सय ६४ जना रहेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आईतवार १७:१०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।