Logo

स्वास्थ्य

थपिए १४१ संक्रमित, ८२ संक्रमणमुक्त 



पछिल्लो चौबीस घण्टामा कोभिड-१९ का १४१ संक्रमित थपिएका छन् । तीन हजार ११२ जनाको पीसीआर परीक्षण गरिएकोमा १४१ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७६ हजार ९८० पुगेको छ ।

त्यस्तै, पछिल्लो चौबीस घण्टामा ८२ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७२ हजार ६१२ पुगेको छ । नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु पुष्टि भएको छैन ।

हालसम्म देशमा कोभिड-१९ का कारण तीन हजार २७ जनाले ज्यान गुमाइसकेका छन् । हाल देशभर क्वारेन्टिनमा ५६ जना छन् भने आइसोलेसनमा एक ३४१ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार १६:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।