Logo

स्वास्थ्य

काँचो केराका खानुका यस्ता छन फाइदा



पाकेको केराको फाइदाका बारेमा जान्नुभएकै होला, तर के तपाईलाई काँचो केराको फाइदाका बारेमा थाहा छ ?

यस्ता छन काँचो केराका फाइदाहरु-

तौल घटाउँन सहयोग

तौल घटाउँन मन लागेकालाई दैनिक एक काचो केरा खाने सल्लाह दिइन्छ । यसरमा भरपूर मात्रामा पाइने फाइबरले अनावश्यक फ्याट सेल्स र फोहोरलाई सफा गर्न मद्दत गर्छ ।

कब्जियतको समस्या हटाउन

काँचो केरामा फाइबर र हेल्ची स्टार्च नामक तत्व हुन्छन्, जसले आन्द्रामा कुनै पनि प्रकारका अशद्धि उत्पन्न हुन दिँदैन । तपाईलाई कब्ज्यितको समस्या छ भने काँचो केरा फाइदाजन साबित हुन्छ ।

भोक शान्त पार्ने

काँचो केरामा पाइने फाइबर र अन्य केही पोषक तत्वले भोक नियन्त्रण गर्ने काम गर्छ । काँचो केरा खानाले समयमा भोक नलाग्ने हुन्छ ।

मधुमेहलाई नियन्त्रण गर्छ

मधुमेहका रोगीले काँचो केरा खान सुरु गर्नुहोस् । यो रोग नियन्त्रण गर्ने अचुक औषधि हो ।

पाचन क्रिया सुधार्छ

काँचो केराको नियमित सेवन गर्नाले पाचन क्रियामा सुधार आउँछ ।

क्यान्सर, हड्डी

यसबाहेक काँचो केरा धेरै प्रकारका क्यान्सरबाट बचाउँनमा पनि सहायक भूमिका खेल्छ । त्यस्तै, काँचो केरामा पाइने क्याल्सियमले बलियो हड्डी बनाउँनमा पनि सहायक भूमिका खेल्छ ।

प्रकाशित मिति : आश्विन १०, २०७७ शनिबार  १० : ३१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।