Logo

स्वास्थ्य

चाइनाको खोप ४० देखि ५९ वर्षका समूहलाई दिने तयारी



चीन सरकारबाट अनुदानमा प्राप्त कोरोनाविरुद्धको खोप सरकारले ४० देखि ५९ वर्ष उमेरका समूहका व्यक्तिलाई लगाउने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्वाधारको हिसाबले देशका विभिन्न अस्पताल छनोट गरी ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई यो खोप दिने तयारी गरेको छ ।

खोप दिने मिति सुनिश्चित भइनसकेको भएपनि अस्पतालको व्यवस्थापन टुंगो लागेसँगै चाँडै नै खोप दिइने मन्त्रालयको भनाई छ ।

चीन सरकारले आठ लाख डोज मात्रा खोप नेपाललाई उपलब्ध गराएको थियो । उक्त खोप नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट यही चैत १६ गते नेपालमा ल्याइएको थियो ।

यसअघि सरकारले दोस्रो खोप अभियानअन्तर्गत ६५ वर्षभन्दामाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरेको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार १०:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।