आज साताको पहिलो दिन बजारमा सुनचाँदीको मुल्यमा वृद्धि भएको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार १०० तोकिएको नेपाल सुनचाँदी व्यवसायले जनाएको छ । हिजाे सुन प्रतितोला रु ९१ हजार ९०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याकं अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ६०० कारोबार भईरहेको छ। शुक्रबार प्रतितोला रु ९१ हजार ४०० मा यसको कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य प्रतितोलामा रु १५ ले घटेर रु एक हजार २ सय १० तोकिएको छ ।





















प्रतिक्रिया