Logo

अर्थ

आज साताको पहिलो दिन बढ्यो सुनको मूल्य,कति छ प्रतितोलामा ?



आज साताको पहिलो दिन बजारमा सुनचाँदीको मुल्यमा वृद्धि भएको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार १०० तोकिएको नेपाल सुनचाँदी व्यवसायले जनाएको छ । हिजाे सुन प्रतितोला रु ९१ हजार ९०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याकं अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ६०० कारोबार भईरहेको छ। शुक्रबार प्रतितोला रु ९१ हजार ४०० मा यसको कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य प्रतितोलामा रु १५ ले घटेर रु एक हजार २ सय १० तोकिएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आईतवार १४:०९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।