Logo

अर्थ

समता घरेलु लघुवित्तले ७ पुसमा बोलायो साधारणसभा



समता घरेलु लघुवित्तले ७ पुसमा वार्षिक साधारणसभा डाकेको छ । २५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने मुख्य एजेन्डासहित कम्पनीले मिराबेल रिसाेर्ट एन्ड होटल, धुलिखेल काभ्रेपलाञ्चोकमा बिहान ११ः३० बजे सभा आह्वान गरेको हो। 

सभामा कम्पनीले आर्थिक वर्ष २०७७-७८ को नाफाबाट २० प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद वितरण गर्ने प्रस्ताव छ । त्यसैगरी, संस्थाको केन्द्रीय कार्यलय बनेपा ७ काभ्रेमा स्थान्तरण गर्ने प्रस्ताव पनि छ ।

अन्य कुनै उपयुक्त लघुवित्तलाई एक्वायर गर्नुपर्ने भएमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने, आर्थिक वर्ष २०७७-७८ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान तथा नगद प्रवाह लगायतको विषयमा छलफल हुनेछ । सभा प्रयोजनार्थ कम्पनीले २४ मंसिरदेखि ७ पुससम्म बुक क्लोज गर्नेछ । 

प्रकाशित मिति : १२ मंसिर २०७८, आईतवार १५:०४   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।