Logo

प्रमुख समाचार

सरकारले इम्बोस्ड नम्बर प्लेटमा गल्ती सच्याउने अवसर गुमायाे



काठमाडौँ । लामो समयदेखि विवादको घेरामा रहेको इम्बोस्ड नम्बर प्लेट जडान कार्यलाई वर्तमान सरकारले पनि निरन्तरता दिने योजना बनाएको छ ।

एकातिर इम्बोस्ड नम्बर प्लेट छपाइ गर्ने कारखाना जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट ध्वस्त भएको छ भने अर्कोतिर ठेकदार कम्पनीसँग सम्झौताको म्याद पनि सकिएको छ ।

यी दुवै परिस्थितिलाई एउटा ‘मौका’ को रूपमा लिएर इम्बोस्ड नम्बर प्लेटको औचित्य र मोडालिटी समीक्षा गर्नुको साटो सरकारले कम्पनीको म्याद थप्ने तयारी गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडानका लागि तेस्रो पटक थपिएको म्याद सकिएसँगै पुनः म्याद थप्ने प्रक्रिया अघि बढाएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार ०८:३३   :  बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।