काठमाडौं । नेपाली कांग्रेसको धादिङको निर्वाचनबाट समावेशी कोटामा अत्याधिक मत ल्याएर केन्द्रीय महाधिवेशन प्रतिनिधिमा बाबुकृष्ण सापकोटा विजयी भएका छन् । गएराती सम्पन्न मतपरिणाममा सापकोटाले आफ्ना प्रतिष्पर्धी हर्कमान तामाङलाई १ सय १२ मतले पराजित गरे । सापकोटाले १ हजार ६६ मत ल्याए भने तामाङले ९ सय ५४ मत पाए । सापकोटा जिल्लाका निवर्तमान कोषाध्यक्ष पनि हुन् ।
सापकोटा राजनीतिसँगै समाजसेवामा पनि सक्रिय रहेका छन् । उनले आफूले नयाँ जिम्मेवारी पाएको र आगामी दिनमा पार्टीको लागि थप सक्रिय भएर लागिरहने बताएका छन् । सभापतिमा रामनाथ अधिकारी विजयी भएका छन् ।
सापकोटा राजनीतिलाई समाजसेवाको रुपमा लिन्छन् । ‘राजनीति भनेको अरुलाई दिने हो, लिने होइन । राजनीतिलाई गलत ढंगले प्रयोग गरेर केही बदनाम भएको छ यसलाई सच्याउनुपर्छ’ उनले भने ।





















प्रतिक्रिया