Logo

अर्थ

मुक्तिनाथ विकास बैंकको बाेनस सेयरकाे मूल्य समायोजन



नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले मुक्तिनाथ विकास बैंकको बोनस सेयरकाे मूल्य समायोजन गरेको छ ।

नेप्सेले बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ५७१ रुपैयाँ ६४ पैसा निर्धारण गरेको छ । नेप्सेले बैंकको १७ दशमलव ५७ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । 

बैंकले साधारणसभा प्रयोजनार्थ आज बुक क्लोज गरेको छ ।

मुक्तिनाथले २५ मंसिरमा साधारणसभा आह्वान गरेको छ । सभामा गत वर्षको नाफाबाट बैंकले प्रस्ताव गरेको १७.५७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.९२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ ।

सभामा प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका विषयमा छलफल हुनेछ । 

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार १०:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।