काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएकोमा शुक्रबार २ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ३ सय रुपैयाँ कायम भएको हो ।
शुक्रबार छापावाल सुनप्रति १० ग्राम ७८ हजार २ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँ ताेकिएको छ ।
त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७७ हजार ८ सय ४५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।
शुक्रबार चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार १ सय ९० रुपैयाँ कायम भएको छ भने बिहीबार पनि चाँदीको सोही मूल्य कायम भएको थियो ।
महसंघका अनुसार आज चाँदीको मूल्य प्रति १० ग्राम एक हजार २० पैसा कायम भएको जनाएकाे छ।





















प्रतिक्रिया