Logo

इन्स्योरेन्स

सूर्या लाइफका बीमितले कहिलेसम्म पाउँछन् व्याज छुट ?



सूर्या लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ३५ प्रतिशतसम्म व्याज छुट दिइरहेको छ । इन्स्योरेन्सले विभिन्न कारणले तोकिएको समयमा बीमाशुल्क बुझाउन ढिला भएका बीमितहरुलाई न्यूनतम २५ प्रतिशतदेखि अधिकतम ३५ प्रतिशतसम्म छुट दिँदै आएको हो ।

इन्स्योरेन्सका अनुसार बीमितहरुले २०७६ मंसिर १ गतेदेखि २०७८ कार्त्तिक ३० गते अर्थात २ वर्षसम्मको किस्ताको व्याजमा ३५ प्रतिशतसम्म छुट पाउने भएका छन् । त्यस्तै, बाँकी तिर्नुपर्ने सबै किस्ताको व्याजमा भने २५ प्रतिशत छुट दिने कम्पनीले जानकारी गराएको छ ।

कम्पनीले सार्वजनिक सूचना जारी गर्दै सो जानकारी गराएको हो । जसअनुसार २०७८ मंसिर २९ गतेसम्ममा किस्ता तिरिसक्नेले मात्रै सो मात्राको व्याज छुट पाउने छन् । साथै, बीमितहरुले कनेक्ट आईपीएस, खल्ती, इसेवा, प्रभु पे, फोनपे, सेलपे तथा आईएमई पे लगायतका विभिन्न विद्युतीय माध्यमबाट नविरकण शुल्क भुक्तानी गर्न सक्नेछन् ।

प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार  ११ : २२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।