सुर्खेत । कर्णली प्रदेशमा नेकपा (माओवादी केन्द्र)ले नेपाली कांग्रेसलाई सत्ताको नेतृत्व सुम्पिए पनि उसले पूर्व सहमति कार्यान्वयन नगरिए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । पूर्व मुख्यमन्त्री तथा माओवादीका प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले सबैभन्दा ठूलो दलको नाताले कम्तिमा चार मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएका हुन् ।
माओवादीको समर्थनमा नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका जीवनबहादुर शाहीले भने कुनै पनि हालतमा माओवादीलाई चार मन्त्रालय दिन नसकिने बताइरहेका बेला महेन्द्रले यस्तो बताएसँगै मन्त्रालय भागबण्डाको विषय थप पेचिलो बनेको छ ।
विश्वासको मत लिनकै लागि मुख्यमन्त्री शाहीले केही दिनअघि माओवादीबाट एक जनालाई मन्त्री बनाएका छन् । मुख्यमन्त्री शाहीले माओवादीका विन्दमान विष्टलाई आर्थिक मामिला तथा योजनामन्त्री बनाएका हुन् । तर अब थप तीन मन्त्री नपाए माओवादीले विष्टलाई पनि सरकारबाट फिर्ता बोलाउने मुख्यमन्त्रीले बताए । यहाँ एकीकृत समाजवादीबाट चन्द्रबहादुर शाही भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेका छन् ।




















प्रतिक्रिया