Logo

स्वास्थ्य

उपत्यका प्रवेशमा एन्टिजेन परीक्षण अनिवार्य



काठमाडौं जिल्ला कोभिड–१९ नियन्त्रण तथा रोकथाम समिति (डीसीएमसी) ले उपत्यका प्रवेश गर्ने नाकामा स्वास्थ्य परीक्षण गर्न सम्बन्धित नगरपालिकाहरुलाई निर्देशन दिएको छ। डीसीएमसीको आजको बैठकले नाकामा हेल्थ डेस्क राखेर एन्टिजेन परीक्षण गर्न निर्देशन दिएको हो।

परीक्षण गरिएका व्यक्तिमा कोभिडको लक्षण देखिए पीसीआर परीक्षणका लागि स्वाव संकलन गर्न भनिएको छ। एन्टिजेन किटको व्यवस्था मिलाउन सम्बन्धित स्वास्थ्य कार्यालयलाई डीसीएमसीले निर्देशन दिएको छ।

बैठकले हरेक नगरपालिकामा एक एक ओटा क्वारेन्टिनस्थल बनाउन, कन्ट्र्याक्ट ट्रेसिङ लगायतको व्यवस्था गर्न पनि निर्देशन दिएको छ । 

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार १६:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।