Logo

स्वास्थ्य

कोरोना संक्रमण जेठ असारसम्ममा उच्च विन्दुमा पुग्नसक्छ : स्वास्थ्यमन्त्री



स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले आगामी जेठ–असारमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फेरि उच्च विन्दुमा पुग्नसक्ने अनुमान सरकारले गरेको जानकारी दिएका छन । पछिल्ला दिनहरुमा फेरि संक्रमण बढ्न थालेकाले अबका दिनमा जनस्वास्थ्यका मापदण्ड पालनालाई प्रभावकारी बनाउन नसके कोरोना उच्च विन्दुमा पुग्ने उनको भनाइ छ ।

प्रतिनिधि सभाको आजको बैठकमा उनले भने –‘आगामी जेठ–असारसम्म संक्रमण उच्च विन्दुमा पुग्नसक्छ । पुनः लकडाउनमा जान नपरोस् भनेर अपनाउनुपर्ने सबै प्रभावकारी कदम अपनाउन सरकार तयार छ । ’

उनले अहिले नै आतंकित हुनुपर्ने अवस्था नरहेको पनि स्पष्ट पारे । यसअघि कात्तिक महिनामा संक्रमण उच्च थियो । कात्तिक ५ गते एकैदिन ५७४३ नयाँ संक्रमित भेटिएका थिए भने १० गते पोजेटिभिटी रेसियो (परीक्षणका आधारमा संक्रमितको अनुपात ३५ प्रतिशत थियो ।

भारतमा बढ्दो संक्रमणले नेपाललाई थप सचेत बनाएको समेत मन्त्री त्रिपाठीले बताए ।  उनका अनुसार झण्डै १८ लाख नागरिकलाई खोप दिइसकेको छ र असारसम्म ६० लाख जनतालाई दिने सरकारको लक्ष्य रहेको जानकारी दिए । 

 

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार १७:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।