युनिलिभर नेपालले लाभांस वितरण गर्ने भएको छ । नेपालको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट सेयर दिने निर्णय गरेको हो । निर्णय अनुसार नेपालले लगानीकर्ताहरुलाई प्रति कित्ता सेयर बराबर १०० रुपैयाँका दरले नगद लाभांश दिने भएको छ । यो १७ वर्ष यता कै थोरै लाभांश हो । गत वर्ष प्रतिकित्ता ७७० रुपैयाँ नगद लाभांश दिएको थियो ।
कम्पनीले प्रस्ताव गरेको लाभांश आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् ।
कम्पनीले कात्तिक २७ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ २७ गतेसम्म कायम रहेका लगानीकर्ताले मात्रै उक्त लाभांश पाउने छन् ।
कम्पनीले साधारण सभा सकिएको ४५ दिन भित्र लाभांश दिइसक्ने जनाएको छ ।





















प्रतिक्रिया