Logo

अर्थ

बढ्यो सुनको मूल्य,कसरी छ बजार भाउ ?



आज नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ३ सय ले बढाएर रु ९२ हजार ८ सय कायम गरिएको छ । हिजो प्रतितोला रु ९२ हजार ५ सय मा कारोबार भएको थियो ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ३०० कायम भएको छ भने हिजो तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोलामा रु २० ले बढेर रु एक हजार २१० तोकिएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलवार ११:५१   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।