Logo

अर्थ

उत्पादनमूलक उद्योगलाई एक महिनामै १०० मेगावाट बिजुली



काठमाडौं । उत्पादनमूलक उद्योगले मागेजति बिजुली सहजै स्वीकृत हुन थालेको छ । प्राधिकरणले उद्योगको आवश्यकता अनुसार १३२ किलो भोल्ट (केभी) र २०० केभी बिजुली उद्योगमै पुर्याउन थालेको हो ।

उत्पादनमूलक उद्योगलाई एक महिनामै १०० मेगावाट बिजुली दिन प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ आफैँ उद्योग–उद्योगमा पुगेका छन् ।

प्राधिकरणले उत्पादनमूलक उद्योगका लागि १०० मेगावाट बिजुलीको लोड स्वीकृत गरिसकेको छ ।

होङ्सी सिमेन्ट लगायत उद्योगमा राष्ट्रिय प्रसारणको विद्युत पुगेको छ । उत्पादित बिजुली खेर जान थालेपछि उत्पादनमूलक उद्योग प्राथमिकतामा पर्न थालेका छन् । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले व्यवसायिक उत्पादन थालेपछि वर्षायाममा दैनिक ५०० मेगावाटसम्म बिजुली खेर गएपछि देशका उत्पादनमूलक उद्योग प्राथमिकतामा पर्न थालेका हुन् ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार ०९:३७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।