Logo

खेलकुद

च्यासलबाट ‘ए’ डिभिजन खेल्ने भए कर्ण



काठमाडौं । घरेलु फुटबलमा चर्चित स्ट्राइकर कर्ण लिम्बुले च्यासल युथ क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने भएका छन् । च्यासल युथ क्लबका सहायक प्रशिक्षक आशिक थापा मगरले कर्णलाई टिममा अनुबन्ध गरिएको बताए ।

‘हामीसँग स्ट्राइकर कमी थियो । त्यसैले एक खेलाडी अनुबन्ध गरेका छौँ । ती खेलाडी कर्ण लिम्बु हो,’ बिहीबार प्रि—म्याच कन्फरेन्समा उनले भने ।

अघिल्लो पटक कर्णले संकटा क्लबबाट‘ए’ डिभिजन लिग खेलेका थिए । त्यसअघि उनले हिमालयन शेर्पाको जर्सी लगाएका थिए ।

कर्ण घरेलु फुटबलका लोकप्रिय स्ट्राइकर हुन् । होचो कदका उनी गोल गर्न निकै सिपालु मानिन्छन् । उनले जावालाखेल, मछिन्द्र र झापा ११ बाट खेलिसकेका छन् ।

प्रकाशित मिति : १ पुष २०७८, बिहीबार १९:३७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।