सहिद स्मारक ए डिभिजन लिगमा आईतबार एउटा मात्रै खेल हुने भएको छ ।
हिमालयन शेर्पा क्लबले पाँचौ चरणको तेस्रो दिन ब्रिगेड ब्वार्ईज क्लब (बीबीसी) को सामना गर्नु पर्ने चुनौती दिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा साँझ पौने ५ बजे शेर्पाले बीबीसीको चुनौती सामना गर्न लागेको हो ।
ब्रिगेड दोस्रो जित निकाल्ने दाउमा रहेकाे छ । एक जित, एक हार र दुई बराबरसहित ५ अंक बनाएर आठौं स्थानमा छ । भने शीर्ष डिभिजनको लिगमा शेर्पा पहिलो जितको खोजीमा छ ।
२ जित निकालेको र २ बराबर गरेको शेर्पा अन्तिमबाट दोस्रो स्थानमा छ । जारी लिगमा शेर्पाले सोचेअनुरुप प्रदर्शन गर्न सकेको छैन भने युवा खेलाडीको साथमा भने बीबीसीले सामान्य प्रदर्शन गरिरहेको छ ।




















प्रतिक्रिया