Logo

स्वास्थ्य

कोरोना उच्च बिन्दु तर्फ : नेपालमा एकै दिन ५५९ जना सङ्क्रमित, १३ जनाको मृत्यु



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १०५ पीसीआर परीक्षण गर्दा ५५९ जनामा कोरोना पुष्टि भएको हो। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५२४ पुगेको छ। 

त्यस्तै पछिल्लो २४ घण्टामा १३८ जना कोरोना संक्रमित निको भएसँगै अहिलेसम्म २ लाख ७४ हजार १६५ जना कोरोना संक्रमित निको भएका छन्।

यस्तै पछिल्लो २४ घण्टामा थप १३ कोरोना संक्रमितको निधन भएको छ। योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय ६ पुगेको छ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार १८:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।