स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १०५ पीसीआर परीक्षण गर्दा ५५९ जनामा कोरोना पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५२४ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा १३८ जना कोरोना संक्रमित निको भएसँगै अहिलेसम्म २ लाख ७४ हजार १६५ जना कोरोना संक्रमित निको भएका छन्।
यस्तै पछिल्लो २४ घण्टामा थप १३ कोरोना संक्रमितको निधन भएको छ। योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय ६ पुगेको छ।




















प्रतिक्रिया