Logo

प्रमुख समाचार

कांग्रेसको नयाँ नेतृत्वका लागि आज प्रदेश नं २ मा मतदान हुँदै



जनकपुर । नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ ।

अधिवेशनअन्तर्गत कांग्रेसको विधान अनुसार ८ पदाधिकारीसहित ७२ सदस्यीय प्रदेश कमिटी बन्नेछ । जसका लागि १८० जनाको उम्मेदवारी परेको छ । दिउँसो १ बजेदेखि ५ बजेसम्म मतदानको समय तोकिएको छ ।

प्रदेश सभापतिमा कृष्णाप्रसाद यादव र रामसरोज यादवबीच प्रतिपर्धा हुने भएको छ । शेरबहादुर देउवा पक्षबाट कृष्णालाई र विमलेन्द्र निधि–शेखर कोइराला समूहबाट रामसरोजले उमेदवारी दर्ता गराएका हुन् ।

दुईजना उपसभापतिका लागि पाँच जनाको उम्मेदवारी परेको छ । देउवा समूहबाट वीरेन्द्रप्रसाद सिंह र चन्द्रशेखर कुमार यादव तथा निधी–कोइराला समूहबाट धनलाल ठोकर र बिनोदकुमार खनालले उमेदवारी दिएका छन् । रामाधारप्रसाद यादवले भने स्वतन्त्र रुपमा उपसभापतिमा उम्मेदवारी दिए ।

२ जना महामन्त्रीका लागि पनि ५ जनाको उमेदवारी परेको छ । ३ सहमहामन्त्रीका लागि ११ जनाले उमेदवारी दिएका छन् ।

प्रकाशित मिति : ७ पुष २०७८, बुधबार ०९:२५   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।