Logo

हात्ति चराउन गएकी महिलाको बाघको आक्रमणमा परि ज्यान गयो



बाघको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्जनमा एक महिलाको मृत्यु भएको छ।  मृत्यु हुनेमा रत्ननगर नगरपालिका–६ का ५५ वर्षीय बबना चौधरी रहेकी छन्।

कुमरोज मध्यवर्ती सामुदायिक वनभित्र हात्ती चराउन जाँदा बाघले आक्रमण गरेको निकुञ्जले जनाएको छ । सोमबार बिहान हात्ती चराउँदै घाँस काट्ने क्रममा बाघले आक्रमण गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामले जनाएका छन् ।

बाघले जरायो मारेर शिकार गरिरहेको अवस्थामा उनी घाँस काट्न त्यहाँ पुगेपछि बाघले आक्रमण गरेको जनाइएको छ।

 

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  १ : २२ बजे