Logo

राजनीति

वाग्मती प्रदेशसभाको बैठक वैशाख २ गते



वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठक पुनः वैशाख २ गते बस्ने प्रदेशसभा सचिवालयले आज जनाएको छ । गत चैत २६ गतेदेखि अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेशसभा पुनः वैशाख २ गते दिनको १ बजेका लागि बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालय प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

प्रदेशसभामा सत्तारुढ नेकपा एमाले, प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, प्रतिपक्ष नेपाली कांग्रेस, साझा विवेकशील दल नेपाल मजदूर पार्टी, राप्रपा र एक स्वतन्त्र सांसद गरी ११० प्रदेशसभाका सदस्य रहेका छन् । 

प्रकाशित मिति : चैत्र ३१, २०७७ मंगलबार  ८ : १९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।