Logo

प्रमुख समाचार

प्रदेश २ सभापतिमा देउवा पक्षीय यादव निर्वाचित, निधिलाई गृहमै धक्का



काठमाडौं । नेपाली कांग्रेस प्रदेश २ को प्रथम अधिवेशनबाट कृष्ण प्रसाद यादव निर्वाचित भएका छन् । सभापति शेरबहादुर देउवा पक्षका कृष्णले प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादव पराजित भएका हुन् ।

कांग्रेस प्रदेश २ का संसदीय दलका नेतासमेत रहेका रामसरोज यादवलाई नेता विमलेन्द्र निधि र शेखर कोइराला समूहको साथ थियो । तर कृष्णले १ सय ४१ मतान्तरले रामसरोजलाई पराजित गरे ।

कृष्णले ९ सय ९६ मत पाउँदा रामसरोजले ८ सय ५५ मत पाए । सभापतिमा कृष्ण निर्वाचित भएको औपचारिक घोषणा हुन् भने बाँकी छ । प्रथम प्रदेश अधिवेशनबाट प्रदेश कार्यसमिति चयनका लागि बिहीबार विहान ९ बजेर ४० मिनेट देखि साझ ८ बजे सम्म मतदान भएको थियो ।

१ हजार ९३८ मतदाता मध्ये १ हजार ८८१ मत खसेको थियो भने बदर मत संख्या ३० रहेको प्रदेश निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : ९ पुष २०७८, शुक्रबार ०८:०१   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।