Logo

लुम्बिनी प्रदेश

प्रहरीको मोटरसाइकल लिएर भागे कैदी



दाङ । प्रहरीको मोटरसाइकलमा चढेर अस्पताल पुर्‍याइएका कैदी त्यही मोटरसाइकल लिएर भागेका छन्।

दाङमा कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भई थुनामा रहेका एक व्यक्ति कारगारबाट भागेका छन् । जिल्ला कारागार घोराहीको थुनामा रहेका राजपुर गाउँपालिकाका २८ वर्षीय जयराम परियार बिहीबार अस्पतालबाट भागेका हुन् ।

घोराही कारागारका नाइके रहेका परियार छालाको उपचारका लागि अस्पताल गएका बेला त्यहीँबाट भागेको प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले जानकारी दिए । उनी प्रहरी जवान धनबहादुर चौधरीसँगै लु३४प ४१० नम्बरको मोटरसाइकल चढेर अस्पताल गएका थिए ।

उपचारका लागि हत्कडी खोलेपछि परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लिएर भागेका हुन् । घटनाबारे चौधरीले अपराह्न ४ बजेतिर मात्रै जानकारी दिनुले पनि आशङ्का गर्ने प्रशस्त आधार देखिएकाले प्रहरी जवान चौधरीलाई थुनामा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख काफ्लेले जानकारी दिए ।

बीस वर्ष कैद सजाए तोकिएका परियारले अहिलेसम्म साढे सात वर्ष कैद सजाय भुक्तान गरिसकेका थिए । परियारको खोजीमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : पुष ९, २०७८ शुक्रबार  ८ : ४८ बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।