Logo

स्वास्थ्य

काठमाडौँ महानगरपालिकाभित्रका विद्यालय एक हप्ता बन्द गर्न निर्देशन



काठमाडौं महानगरपालिकाले विद्यार्थी वा शिक्षकमा कोरोना भाइरस संक्रमण देखिए महानगर क्षेत्रभित्रका विद्यालय बन्द गर्न निर्देशन दिएको छ । संक्रमण पुष्टि भएका विद्यालय एक साताका लागि बन्द गर्न निर्देशन दिइएको शिक्षा अधिकारी रामप्रसाद सुवेदीले जारी गरेको पत्राचारमा उल्लेख छ ।

महानगर क्षेत्रका विद्यालयहरूलाई गरिएको पत्राचारमा प्रमुख स्तरको विहीबार गरिएको निर्णय अनुसार कोभिड–१९ संक्रमणको बढ्दो क्रम देखिएकाले कुनै विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा उक्त विद्यालय अर्को सूचना नभएसम्म कम्तीमा एक हप्ता बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्न गराउनु भनिएको छ ।

साथै, महानगरले सामाजिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने तथा साबुन पानीले राम्रोसँग हात धुने र सेनिटाइजरको प्रयोग गर्ने लगायतका स्वास्थ्य तथा जनसंख्या मन्त्रलयबाट विगतमा जारी गरिएका मापदण्डहरुको कडाइका साथ पालना गरी अभिभावकहरु समेतको सहमतिमा विद्यालय सञ्चालन गर्न गराउन पनि अनुरोध गरेको छ । 

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार १२:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।