Logo

अर्थ

सुनको मूल्य बढ्यो,कसरी हुँदैछ काराेबार ?



आज साताकाे अन्तिम दिन नेपाली बजारमा सुनचाँदीकाे मूल्य वृद्धि भएकाे छ ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ६ सयले बढेकाे छ । हिजाे प्रतितोला रु ९२ हजार १०० मा कारोबार भएको थियाे भने आज बढेर प्रतितोला रु ९२ हजार ७ सय कायम भएकाे छ ।

महासङ्घले सार्वजनिक गरेको तथ्याकं अनुसार तेजाबी सुनको मूल्य हिजाे बिहीबार प्रतितोला रु ९१ हजार ६ सयमा काराेबार भएकाे थियाे । आज प्रतितोला रु ९२ हजार २०० काराेबार भईरहकाे छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोलामा रु १५ ले बढेर रु एक हजार २ सय ६० कायम भएकाे महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : १६ पुष २०७८, शुक्रबार १४:३६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।