Logo

स्वास्थ्य

भेरी अस्पतालमा एकै समयमा तीन जना कोरोना संक्रमितको मृत्यु



भेरी अस्पतालमा उपचाररत तीन जना कोरोना सङ्क्रमितको गए रात मृत्यु भएको छ । नेपालगञ्जस्थित  भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचाररत तीन सङ्क्रमितको मृत्यु भएको जिल्ला सङ्कट व्यवस्थापन समिति बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

भेरी अस्पतालमा उपचाररत राजापुर नगरपालिका–१ बर्दिया निवासी ७३ वर्षीय पुरुष, बाँकेको बैजनाथ गाउँपालिका–८ निवासी ७८ वर्षीया महिला र नारायण नगरपालिका–१ दैलेख निवासी ६८ वर्षीया महिलाको मृत्यु भएको हो । 

प्रकाशित मिति : ५ बैशाख २०७८, आईतवार १३:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।