Logo

स्वास्थ्य

२४ घण्टामा १०९६ जनामा कोरोना संक्रमण, काठमाडौँमा सर्वाधिक संक्रमित



नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४ पीसीआर परीक्षणमा १ हजार १५ जना र ६९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१ जना गरी १०९६ जना संत्रमित भेटिएका हुन् ।

मन्त्रालयका अनुसार काठमाडौँमा २४ घण्टामा सर्वाधिक संक्रमित भेटिएका छन । संक्रमित १०९६ जनामध्ये काठमाडौँमा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ६४ जना गरी उपत्यकामा ४३५ संक्रमित भेटिएका छन् ।

हाल देशभर ६२९० जना कोरोना भाइरसको सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ५७६ जना संस्थागत आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा २६२ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आईतवार १६:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।