नेपालमा आज वितेको २४ घण्टामा ४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकं अनुसार
मुलुकभरका विभिन्न प्रयोगशालामा १० हजार २ सय ६७ जनाको नमूना परीक्षण गर्दा ४ सय ३५ जना संक्रमित थप भएको जनाएको छ ।
मन्त्रालयका अनुसार ६ हजार ७ सय १५ जनाको पीसीआर परीक्षण गदा ३ सय ७० र ३ हजार ५ सय ५२ जनाको एन्टिजेन परीक्षण गर्दा ६५ जनामा कोरोना संक्रमण देखिएको थियो।
त्यस्तै वितेको २४ घन्टामा २ सय ३९ जना संक्रमित कोरोनामुक्त भएका छन् भने मृत्यु संख्या शून्य पुगेकाे छ ।
नेपालमा हाल ५ हजार २ सय २५ जना सक्रिय संक्रमित रहेका छन् । नेपालमा २ लाख ४६ हजार ३ सय ८५ जनाले काेराेना विरुद्धकाे खाेप लगाएका छन् ।






















प्रतिक्रिया