Logo

स्वास्थ्य

उच्च बिन्दुमा कोरोना सङ्क्रमण : नेपालमा २४ घण्टामा १ हजार ७ सय बढी सङ्क्रमित



काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) का कारण पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५५ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६ सय ६७ र ६ सय ८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६९ जना गरी १ हजार ७३६ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८७ हजार ५६७  पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २ सय ५१ रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ। हाल सम्म मृत्यु हुनेको संख्या ३१ सय २ पुगेको छ 

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलवार १७:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।