विश्वभर फैलिदै गएको नयाँ भेरियन्ट सहितको कोभिड १९ महामारीको संक्रमणलाई मध्यनजर गर्दै धितोपत्र बोर्डले केहि स्वास्थ मापदण्ड अनिवार्य गराएको छ ।
कार्यालयभित्र २५ जना भन्दा बढि नहुने गरि सेवा प्रवाह गर्न भनेको बोर्डले सेवाग्राही बिच कम्तीमा दुई मिटरको भौतिक दुरी कायम गरेर मात्र सेवा प्रवाह गर्न बोर्डले भनेको छ । सभा, सम्मेलन, गोष्ठि, सेमिनार, बैठक, तालीम, प्रशिक्षण जस्ता क्रियाकलाप भौतिक रुपमा नभई भर्चुअल माध्यमबाट मात्र सञ्चालन गर्न बोर्डले भनेको छ ।
बोर्डले नेप्से, धितोपत्र व्यवसायी र क्रेडिट रेटिङ संस्थालाई निर्देशन दिँदै कार्यालयस्थलमा सेवाग्राही तथा कर्मचारीहरूलाई मास्क, सेनिटाइजरको प्रयोग अनिवार्य गर्न गराउन भनेको हो । साथै बोर्डले सरकारले तोकेको जनस्वास्थ्य सम्बन्धि मापदण्ड पूर्ण पालना गर्न पनि सम्बन्धित पक्षलाई निर्देशन दिएको छ ।
सेवा प्रवाहलाई सुचारू गर्न संस्थाका कर्मचारीहरूलाई स्वास्थ्य मापदण्डको पालना अनिवार्य गरेको बोर्डले सेवाग्राहीको भिडभाड कम गर्न र विद्युतीय माध्यमको प्रयोग गर्न बोर्डले सबैलाई आग्रह समेत गरेको छ ।





















प्रतिक्रिया