Logo

अभद्र व्यवहार गरेको अभियोगमा दुई जना पक्राउ



होटल सञ्चालन गरी असामाजिक क्रियाकलाप गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।  ताप्लेजुङ सदरमुकाम फुङ्लिङको वीरेन्द्र चोकमा होटल सञ्चालन गरी अनावश्यक रुपमा मादकपदार्थ सेवन गरेर होहल्लालगायत शान्ति सुरक्षामा असर पुग्ने कार्य गरेको अभियोगमा होटल सञ्चालिका र अर्का एक पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । 

गत असोज १० गते पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान गरी अभद्र व्यवहार गरेको मुद्दा दर्ता गरेर कानूनी कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । पक्राउ परेका दुबै जनाको नाम भने गोप्य राखिएको छ । 

प्रकाशित मिति : आश्विन १३, २०७७ मंगलबार  १ : ११ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।