Logo

अन्तर्राष्ट्रिय

कजाकस्तान संकटः ९ हजार जनालाई जेल चलान, नयाँ प्रधानमन्त्री नियुक्तिको तयारी



कजाकस्तानमा अशान्ति बढिरहेका बेला सरकारले साढे नौ हजारलाई पक्राउ गरी कारागार चलान गरेको छ ।

इन्धनमा मूल्य बृद्धिपछि गत साता भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीले उनीहरुलाई पकाउ गरी थुनामा राखेको हो । 

राष्ट्रपति कस्याम जोमार्ट टोकायेभले सरकारविरुद्धकाे हिंसात्मक पर्दशनलाई कु प्रयास बताउँदै आएका छन् । राष्ट्रपतिले संसदलाई सम्बोधन गर्दै आजै नयाँ प्रधानमन्त्री चुन्ने तयारी छ । प्रदर्शनमा अन्य क्षेत्रीय देशहरु, अफगानिस्तान, मध्यपूर्वबाट आएका मुस्लिम अतिवादीले प्रदर्शनमा सुरक्षाकर्मीमाथि हमला भएको बताए ।

प्रदर्शनकारी र प्रहरीबीचको झडपमा १६ सुरक्षाकर्मी र २०० प्रदर्शनकारी मारिएका थिए । 
 एजेन्सी

प्रकाशित मिति : २७ पुष २०७८, मंगलवार १४:२३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।